गाउँले भुमिकामा प्रस्तुत हुदैँ प्रदिप

- मेराेफिल्म

अभिनेता प्रदिप खड्का विल्कुलै फरक शैलीको फिल्ममा अभिनय गर्न लागेका छन् । उनले दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रकाश’मा भिन्न भुमिकामा प्रस्तुत हुदैछन् । प्रदिपले खेल्ने भुमिका पनि बाहिरि सकेको छ । फिल्म ‘प्रकाश’ मा एक दुर्गम भेगको पात्र कथामा आधारित रहेको छ । विकट ठाउँमा जन्मेको एक पात्रले देख्ने सपना फिल्ममा देखाउन लागिएको हो । जसको भुमिकामा प्रदिप खड्कालाई देखाउन लागिएको हो ।

अहिले यो फिल्मको कथा, पटकथा तथा संवाद विकास सुवेदीले लेखिरहेका छन् । उनले देशका विभिन्न भेगमा पुग्ने क्रममा कर्णाली पुग्दा आफूले देखेको एउटा सपनालाई पर्दामा देखाउन खोजेको बताएका छन् । फिल्ममा लगानी महेन्द्र अधिकारीको लगानी रहनेछ भने कार्यकारी निर्माताको रुपमा विकास सुवेदी नै रहनेछन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन रहनेछ । कास्टिङ डिरेक्टर अनुप बराल रहेका छन् ।

केहि हप्ता देखि अभिनेता प्रदिप पोखरामा बसेर अनुप बरालसँग अभिनय सिकिरहेका छन् । फिल्ममा भिन्न भुमिकामा प्रस्तुत हुनुपर्ने भएकाले पनि उनी अभिनयमा मेहनत गरिरहेका छन् । तिहारपछि छायाङ्कनमा जाने भनिएको फिल्म ‘प्रकाश’मा अभिनेत्रीको टुङ्गो लागेको छैन ।

 

२०७७ कार्तिक १० गते ८:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *