गायक गायिकाहरुले यसरी मनाए दसैं ? ( फोटो फिचर सहित )

कोरोना कहरकाबीच बडा दसैं धुमधामका साथ मनाइरहेको छ । यो साल अन्य बेलाको दसैं भन्दा फरक नै देखिएको छ । कार्यक्रमका शिलशिलामा देश विदेश घुमिरहने गायक गायिकालाई कोरोनाको त्रासले घरमा नै थुनेर राखेका छ । न कतै कार्यक्रम न कतै उमंग । घरमा नै परिवारसँग बस्दै आएका गायक गायिका देखि संगीतकारले आफन्तबाट टीका ग्रहण गरेका छन् ।

गायक रामकृष्ण ढकालले आफ्ने निवास भैंसेपाटीमा दसैंको टीका लगाएका छन् ।  गायक शिव परियारले पनि परिवारसँगै बसेर टीका ग्रहण गरेका छन् ।

उनले सामाजिक सञ्जालमा दसैंमा टीका लगाएको तस्विर सार्वजनिक गर्दै घरमा नै टीका लगाएको जनाएका छन् । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले परिवारका साथ दसैं मनाएका छन् ।


उनीहरुको विवाह गरेको पहिलो सालको दसैं हो । गायक रामकृष्ण ढकाले परिवारजनलाई टीका लगाइ दिदै आफुले पनि थोरै मान्छेकाबीच टीका लगाएका छन् । उनले कोरोना महामारीकाबीच थोरै जनाको सहभागितामा दसैंको टीका ग्रहण गरिएको बताए । त्यस्तै, संगीतकार बसन्त सापकोटाले पनि थोरै मान्यजनबाट घरमा नै टीका ग्रहण गरेका छन् ।
प्रमोद खरेलले बुवाको हातबाट ६ बर्षपछि टीका लगाएका छन् । उनले बुवाको हातबाट ६ बर्षपछि टीका लगाएको बताएका छन् । आमा र बुवासँगको तस्विर सेयर गर्दै पिताबाट ६ बर्ष प६ि टीका लगाएको र माताले यसपालि टीका लगाउन नमिलेको बताएका हुन् ।

कोरोनाका कारण गाउँ जान नपाएका गायक तथा संगीतकार अमृत क्षेत्रीले काठमाडौमा नै परिवारका साथ टीका लगाएका छन् । गायक सीताराम पोखरेल टीका लगाउनका लागि केहि दिनअघि नै विराटनगर गएका थिए ।

उनले उतै थोरे परिवारका साथ टीका लगाएका छन् । त्यस्तै गायिका टीका प्रसाईले पनि टीका लगाएकी छन् । रेखा शाहले पनि दसैंको टीका लगाएकी छन् । उनले एक्लै बसेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै टीका ग्रहण गरेको जानकारी दिएकी छन् ।
गायक सञ्जिव पराजुलीले पनि परिवारका साथ टीका लगाएका छन् । उनले सामजिक सञ्जालमा ३ जनाले टीका लगाएको तस्विर सार्वजनिक गरेका छन् ।
गायिका शितल शर्माले गाउँमै पुगेर दसैं मानेकी छन् ।

यो सालको दसैं गाउँमा नै मनाइरहेको तस्विर सेयर गरेकी छन् ।  गायिका आस्था राउतलाई भने दुइ सालदेखि घरमा टीका लगाउन जुरेको छैनन । उनले विविध कारण बस दसैं मनाउन नपाएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत कोरोनाको कुहिरो रहेकाले सुरक्षित तरिकारले दसैं मनाउन आग्रह गरेकी छन् ।