दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक

दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीतका साथै स्वर नेत्र गुरुङको रहेको छ । उनैको निर्देशनमा बनेको यस गीतको भिडियोमा गजेन्द्र गुरुङ , विश्वआत्मा गुरुङ, प्रेम बहादुर गुरुङ , अनुप अधिकारी, नवराज गिरी, दुर्गा कुमारी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ ।

परदेश गएकाहरु गाउँमा नै खेती किसानी गरेर जिविको पार्जन गर्नुभन्छ भन्ने सन्देश भिडियो मार्फत दिन खोजिएको छ । दसैंको बेला बुवा आमा एक्लै गाउँमा रहेको लाहुरेले चाडबाड सम्झेर गाउँघर आएको कुरा भिडियोमा देखाइएको छ ।  निकै मेहनतका साथ भिडियोलाई प्रकाश गुरुङले छायाङ्कन गरेका छन् । यस गीतको भिडियो सम्पादनको काम निर्देशक आफैले गरेका छन् ।