हास्य कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केहि दिनअघि कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको बताएका छन् । उनले आफुलाई सोमबार साँझ पिसिआर रिपोट पोजेटिभ आएको बताएका हुन् । आफुलाई शंका लागेका कारण गत बिहिबारदेखि नै आइसोलेशनमा आफु बस्दै आएका मनोजले बताएका छन् ।

उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको जनाउदै सामाजिक सञ्जालमा लेखेका छन् ‘ मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाईरसको हार झन् चाँडो हुनेछ । ’

उनले अगाडी लेखेका छन् ,‘ गतहप्ता दाजुलाई अस्पताल लानेरल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ड्ढ को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो । ’