चुनाव प्रचारमा अभिनेत्री पटेल

बिहारमा हुन लागेको चुनावको प्रचार प्रसारमा बलिउड अभिनेत्री अमीषा पटेल सहभागी भएकी छन्। उनी त्यहाँ हुन लागेको विधानसभा निर्वाचनका लागि पटेलले औरंगाबादको ओबरा(दाउदनगरमा रोड शो समेत गरेकी छन्। लोक जनशक्ति पार्टी (लोजपा)का उम्मेदवारको प्रचारमा पटेल लागि परेकी छन् । अभिनेत्री अमीषाले औरंगाबादको ओबरा विधानसभामा लोजपा प्रत्यासी डां प्रकाश चंद्राको चुनावी प्रचार गरेकी हुन्।

अभिनेत्री पटेलले रोड शोका माध्यमबाट डां प्रकाश चंद्रालाई जिताउन अपील गरिन्। अमीषालाई हेर्न मानिसहरु विभिन्न ठाउँबाट औरंगाबाद पुगेका थिए।
अमीषा सोमवार विहान जहाजबाट पटना पुगेकी थिइन्। एयरपोर्टमै प्रकाश चंद्राका समर्थकले स्वागत गरेका थिए। एयरपोर्टबाट सडक मार्ग हुँदै दाऊदनगर पुगेर चुनावी प्रचार गरेकी थिइन्। केहि दिन पछि बिहारमा पहिलो चरणमा ७१ सीटका लागि विधानसभा निर्वाचन हुँदैछ ।

v