प्रियंका–आयुष्मानको पहिलो दशैं (फोटो फिचर सहित)

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको यो बर्षको दसैं विशेष रह्यो । गत साल फागुनमा विवाह बन्धनमा बाँधिएका प्रियंका र आयुष्मानको यो पहिलो दसैं हो । किनभने  एकसाथ आमा रविना देशराज जोशीसँग टीका लगाएका छन् ।

रविनासँग टीका लगाएको पहिलो नभएता पनि विवाह पछि उनीहरुको टीका खास बनेको हो । यसपटक रविनासँग आयुष्मान, प्रियंका ले एकसाथ टिका लगाए । वैवाहित जीवनमा बाधिएपछि भैसेपाटीमा बस्दै आएका आयुष्मान र प्रियंकाको टीका थाप्न र आशिर्वाद लिन दौडधुप चलिरहेको छ ।

उनीहरुले सामाजिक सञ्जालमार्फत पनि त्यो दौडधुप देखाइरहेका छन् । आयुष्मान पहिलो पटक ससुराली टीका थाप्न माइतीघर ससुराली पुगेका छन् ।