यसरी मनाईन् सुहाना थापाले दसैं

फिल्म ‘ए मेरो हजुर ४’को छायाङ्कनमा दौडधुप रहेकी अभिनेत्री सुहाना थापाले परिवारका साथ दसैं मनाएकी छन् । फुलपातीबाट फिल्मको छायाङ्कन थालिएको फिल्म ‘ए मेरो हजुर४’लाई केही दिन ब्रेक गरेर परिवार नै दसैं मनाउन घरमा बसेका थिए ।

अभिनेत्री सुहानाले यस बर्षको दसै बुवा सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् ।  सुहानालाई आमा झरना थापा र बुवा सुनिलकुमार थापाले एकसाथ टीका लगाइदिएका हुन् ।

टीका लगाएपछि खुसी मुन्द्रामा देखिएकी सुहानाले सामाजिक संजालमा दसैंमा परिवारसँग टीका लगाउन पाउँदा खुशी लागेको भन्दै तस्वीर शेयर गरेकी छन् । फिल्म ‘ए मेरो हजुर ३’मा अभनिय गरपछि चर्चामा आएकी थापा चलचित्र ‘ए मेरो हजुर ४’बाट पनि दर्शकको उतिकै अपेक्षा गरेकी छन् ।