नाजिरले लगाए रातो टीका र जमरा (फोटो फिचर सहित)

मुस्लिम समुदायमा रातो टीका र जमराउने चलन हुँदैन । उनीहरु हिन्दूले मनाउने दसैं तिहारको त कुरै गर्दैनन् । तर , अभिनेता नाजिर हुसेनले भने नेपालीहरुको महान चाड बडादसैंको टीका लगाएका छन् । उनले दसैंमा लगाएको टीका जमरा सहितको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

उनले , ‘दसैं टीका २०७७’ भन्दै पोष्ट गरेका छन् । नाजिरले दसैंको टीका लगाएपछि धेरैले कमेन्ट बक्समा दसैंको शुभकामना फर्काएका छन् । फिल्म क्षेत्र ठप्प भएपछि नाजिर म्युजिक भिडियोमा ब्यस्त रहेका छन् । उनको म्युजिक भिडियो एकपछि अर्को हिट बनिरहेको छ ।