बर्लिन फिल्म फेस्टिभलले खारेज गर्‍यो उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड

बर्लिन फिल्म फेस्टिभलमा अव उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्डको अवार्ड पाउने छैनन् । यो अवार्डमा दुवै उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड खारेज गरिएको छ । फिल्मको अवार्ड कार्यक्रममा आगामी हुने अवार्डमा मुख्य र सहायक भूमिकाको अवार्ड लागि महिला र पुरुष दुवैको प्रतिस्पर्धा गराइने छ ।

विश्वमा हुने अवार्डमध्ये ठुलो अवार्डका नामले परिचित बर्लिन फिल्म फेस्टिभलले ७१ औं संस्करणमा ‘जेन्डर न्युट्रल’ अवार्डको मान्यता अघि सारेको छ । आगामी फेवरुअरी ११ मा सुरु हुने फेस्टिभलको ७१ औं संस्करणबाट लिंगका आधारमा अवार्ड वितरण नगर्ने भएको छ । जारि गरिएको विज्ञप्तीका अनुसार यसको सट्टा मुख्य भूमिकामा उत्कृष्ट अभिनय (पफर्मेन्स इन लिडिङ रोल) को सिल्भर वियर दिइनेछ ।

७१ औं संस्करणबाट महिला वा पुरुष कलाकार जसले पनि अवार्ड जित्न सक्नेछ । यस अवार्डमा सहायक भूमिकामा उत्कृष्ट अभिनय भनेर दिइनेछ । जसका लागि महिला वा पुरुष कलाकार दुवैले प्रतिष्पर्धा गर्नेछन् । महिला पुरुष बराबर भन्न थालेको समाजका लागि यसले प्रतिनिधत्व गर्ने बिज्ञहरुलले बताएका छन् । विश्वभर चलिरहेको लैंगिक समानताको बहसलाई बर्लिन फिल्मफेस्टिभलले फेस्टिभलले नछुट्याएको जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

धेरै वटा विधामा अवार्ड हुदैँ आएकोमा बर्लिन फेस्टिभलले इन्टरनेसनल कम्पिटिसनमा ८ वटा विधामा अवार्ड दिदै आएको छ । कतिपयले अवार्ड कार्यक्रममा धेरै विधा अटाउनु पर्छ भन्दै आएका छन् भने कतिले थोरै । यता भारत र नेपालका धेरैजसो २०–२५ वटा विधा अववार्ड हुने गरेका छन् ।