‘आरआरआर’को टिजरमा यस्तो देखिए एनटिआर जुनियर, ( टिजर सहित )

फिल्म ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’को नयाँ टिजर सार्वजनिक भएको छ । फिल्ममा ‘कोमराम भिम’ नामक पात्रको चरित्र झल्काउने टिजर सार्वजनिक भएको हो । यस फिल्मको पात्रमा एनटिआर जुनियरको अभिनय देख्न सकिन्छ ।

टिजरमा एनटिआरलाई फरक भुमिकामा देन्न सकिन्छ जुन उनले कहिलै गरेका थिएनन् । उनलाई सार्वजनिक भएको टिजरमा शारिरिक संरचना पनि फरक रुपमा प्रस्तुत गरिएको छ। यस फिल्ममा एनटिआरका अलवा रामचरण,आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिसको मुख्य भूमिका रहेको छ। भारतिय पत्रिकाका अनुसार फिल्ममा ४ सय ५० करोड भारू लगानीमा निर्माण भएको हो ।