नवनितको ‘तीन धाङ तीन धाङ मादल बज्यो’ सार्वजनिक

लोक गायिका नवनित आदित्य वाइबाले दशैँ र तिहारको महिमा झल्काउने ‘तीन धाङ तीन धाङ मादल बज्यो’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरेकी छन् ।
गायिकाकै शब्द रहेको गीतमा सिंहमान सिंह वाइबाको संगीत रहेको छ ।

भिडियो समेत गायिका वाइबानै देखिएकी छन् । शिखर क्षेत्रीको छायाँकन, सत्य आदित्य वाइबाको सम्पादन रहेको छ । गायिका नवनीत स्वर्गीय वरिष्ठ लोक गायिका हिरादेवी वाइबाकी सुपुत्री हुन् ।