विवाहको तयारीमा ‘कुछ कुछ होता हे’ का साइलेन्ट सरदार

बलिउड सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ मा साइलेन्ट सरदार किडको भूमिकामा देखिएका परजान दस्तूर विवाहको तयारीमा रहेका छन् । परजानलेले डेलना श्रौफसँग विवाह गर्न लागेका हुन् । उनको गत वर्ष अक्टुबरमा डेलना श्रौफसँग इन्गेजमेन्ट गरिसकेका छन् । परजानले आफ्नो इन्स्टामार्फत श्रौफसँगको सोही समयमा खिचेको फोटो शेयर गर्दै विवाह गर्न लागेको जानकारी दिएका हुन् ।

उनले सन् २०२१ को फेवरुअरीमा विवाह गर्न लागेको बताएका छन् । परजानले लेखेका छन्, ‘एक वर्षपघि यो त्यो सुन्दर दिन थियो, जब उनले हुन्छ भनेकी थिइन् । अब केवल ४ महिना बाँकी छ ।’ परजानले फिल्म ‘ कुछ कुछ होता हे’ बाट चर्चामा आएका थिए । उक्त फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जीले अभिनय गरेका छन् । परजानले फिल्म ‘ कुछ कुछ होता हे’ पछि मोहबते, कहो ना प्यार हे, हाथका अन्डा, ब्रेक के बाद, हे दिल बार बार, कभी खुसी कभी गम लगायत फिल्ममा अभिनय गरेका छन् ।

https://www.instagram.com/p/CGZ7x0MpiUT/