अमेरिका उड्न हतार भयो वर्षालाई


अमेरिकामा के छ ? अहिले चुनाव र कोरोनाको चर्चा छ । राष्ट्रपतिको चुनावले अमेरिका तातेको हो । कोरोनाको लहर उस्तै छ । अभिनेत्री वर्षा सिवाकोटी अमेरिका पुगिन् । उनी, दशैंको टिका घरमा लगाएर अमेरिका हिडिन् ।

अहिले त कार्यक्रम पनि हुन्न नी । यस्तो बेलामा कुन नेपालीले कार्यक्रम गर्छन् र ? तर, वर्षा काम विशेषले अमेरिका पुगिन् । अमेरिका वर्षाको प्रेम थियो भनेर चर्चा चलेको हो । वर्षाले लुकाइन् । पहिले अमेरिका जाँदा उनी र उनका प्रेमीको फोटो पनि आएको हो ।

यसपटक पनि फोटो सँगै आएमा अनौठो नमान्ने त होला । वर्षालाई अमेरिका उड्न हतार हुँदा परदेशी २ फिल्मको सुटिङ पो अलमल भो त ।