द भ्वाइस अफ नेपालका पृथ्वी र मेचुको ‘मलमल कुर्तावाली’

गायन रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएका पृथ्वी खनाल र मेचु धिमालको आवाजमा नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । ग्रिष्मा भट्ट र गिरिस भट्टको निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करणराज कार्कीको रहेको छ ।

एरेन्ज देवेश राई, मिक्सिङरमास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठले गरेका छन् । स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धरको छ । गीतको भिडियोलाई मनोज काकीले सम्पादन र कलरिङ गरेका छन् ।

गीतको भिडियोमा पृथ्वी खनाल र कोरियोग्राफर निर्देशन मौसम हिमालीको रहेको छ । भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय रहेको छ । बर्दियामा छायांकन गरिएको भिडियोमा युवा युवतीको प्रेम कहानीलाई रमाइलो पारामा प्रस्तुत गरिएको छ ।