दर्शकले रुचाएनन् निश्चल र स्वस्तिमाको ‘चट्ट रुमाल’

अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्देशक निश्चल बस्नेतको जोडी अभिनित ‘चट्ट रुमाल ’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ५ दिनमा गीतको भिडियोलाई ३ लाख ६३ हजार पटक मात्रै भिडियो हेरिएको छ ।

तर ,यो भन्दा अगाडी निश्चल र स्वस्तिमाको जोडी अभिनित ‘नाँच फिरिरी’ बोलको गीत सर्वाधिक हिट भयो । दर्शकले यो गीतमा सर्वाधिक रुचाएका थिए । जुन गीतको भिडियोलाई ६ करोड ४१ लाख भन्दा बढी पटक हेरिएको छ ।

दुइ बर्ष अगाडी रिलिज भएको त्यो गीतको भिडियो अहिले पनि उतिकै चर्चामा रहेको छ ।  यो जोडीले फिल्म ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतमा पनि निश्चल र स्वस्तिलाई पनि दर्शकले अत्यन्त रुचाएका थिए । यहि जोडी अभिनित फिल्म ‘घामड शेरे’ पनि असफल भएको थियो ।

https://www.youtube.com/watch?v=94QXQvxPnzo