रवि लामिछाने दम्पतीमा कोरोना संक्रमण

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । आफु र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको रवि आफैले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

रविका अनुसार गत मंगलबार राति दुवैजनालाई हल्का ज्वरो आएको थियो । भोली अर्थात् बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको थियो ।
उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ ।

हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’