प्रहरीले खोज्न थालेपछि भिटेनले प्राइभेट बनाए भिडियो

भिटेन नामले परिचित समिर घिसिङले नयाँ गीतको भिडियो अफलोड गरेपछि खैलामैला मच्चिएको छ । एक साता अघि युटुवमा अपलोड भएको गीतको भिडियो आज दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा थियो ।

सार्वजनिक भएको र्यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै कारबाही गर्नका लागि प्रधानकार्यलयले साइबर ब्युरो भोटाहिटीलाई चिठी लेख्यो । घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको गीतको भिडियोलाई प्राइभेट गरेका छन् ।

एक बर्ष अघि आपत्ति हुने खाल्का भिडियो तथा गीत ननिकाल्ने बाचाका साथ प्रहरीले छोडेको थियो । तर,फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडियो सार्वजनिक गरेपछि भिटेनलाई कारबाही गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए। प्रहरीका अनुसार भिटेनले गाएको गीतमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन् । प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखिएको छ ।