आर्यनको ज्यान कहिले आउँला काम

फिल्म ‘के त तिम्रो होइन र’बाट सिनेनगरीमा आएका अभिनेता आर्यन अधिकारीले लगातार ५ वटा फिल्ममा साइन गरे । उनले साइन गरेका केहि फिल्म हलमा आइसके भने केहि आउन अझैँ बाँकी नै छ ।

तर , त्यस पश्चात उनले कुनै फिल्ममा साइन गरेको नहल्ला छ न कुनै चर्चा नै । उनले अभिनय गरेको फिल्म ‘बटरफ्लाई, बाँध मायाले’ लगानी उठाउनै सकेनन् । दुवै फिल्म असफल भए । त्यस्तै उनको आस लाग्दो फिल्म ‘जस्मिन’ रिलिजको पर्खाइमा छ । यो फिल्मबाट आशाबादी देखिएका छन् आर्यन । तर ,फिल्मको रिलिज कहिले होला त्यो कसैलाई पनि थाहा छैन ।

पहिलो फिल्मबाट केहि चर्चा कमाएपछि हौसिएका आर्यनको अभिनय भन्दा पनि ज्यानको तारिफ भयो । धेरैले आर्यनलाई बलिउडमा अभिनेता टाइगर श्राफसँग पनि दाँजे तर उता टाइगरले काम पाइरहे यता आर्यनले खै ? उनले ज्यान बनाउन भने छोडेका छैनन् । जति ज्यान बनाए पनि कहिले आउँला काम भन्न थालेका छन् अचेल फिल्मकर्मीहरु । लु है चाँडै धमकेदार फिल्म ल्याएर देखाइदिनु पर्यो आर्यन ।