काजल र गौतम विवाह बन्धनमा बाँधिदै

बलिउड अभिनेत्री काजल अग्रवाल आज विवाह बन्धनमा बाँधिदै छिन् । उनी गौतम किचलुसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।
उनले विवाहको बारेमा आफ्नो इन्स्टामा लेखेकी छन्, ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’

काजलका अनुसार गौतम इन्टेरियर डिजाइनरका हुन् भने उनले अनलाइन स्टोर समेत खोलेका छन् । काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् । उनलाई हिन्दी फिल्म भन्दा पनि तेलुगू फिल्ममा बढि परिचित छिन् । १३ बर्ष अघि पहिलो तेलुगू फिल्म ‘लक्ष्मी कल्याणम’ मा अभिनय गरेकी थिइन् । त्यसपछि उनले कहिलै फिल्ममा फर्किएर हेर्नु परेन । उनलाई दर्शकमाझ चिनाएको फिल्म भने ‘चंदामामा ’ हो । त्यसपछि लगातार २००९ मा आएको तेलुगू फिल्म ‘मगधीरा’ ,सन् २०११ मा ‘सिंघम’ मा अभिनय गरिन् ।