बबी देओल अभिनित वेब सिरिज ‘आश्रम २’को ट्रेलर रिलिज

अभिनेता बबी देओलको वेब सिरीज ‘आश्रम २’ को ट्रेलर रिलिज भएको छ । २ मिनेट २० सेकेन्डको यस दमदार ट्रेलरमा काशीपुरका निराला बाबाको अभिनयमा बबी देओल देखिएका छन् ।

उनको सुरुदेखि नै क्रुर र आत्मविश्वासले भरिएको पात्रका रुपमा देखिएका छन् । आफ्नो राज्यका बेताज बादशाह पनि हरेक नियममा आफ्नो फाइदाको लागि झुक्ने गरेको देखाइएको छ । ११ नोवेम्बरमा प्रदशृन गर्न लागिएको सिरिजको दोस्रो सिजनको ट्रेलर पहिलो भन्दा धेरै रोमांचक र सस्पेन्सले राखिएको छ ।

निर्माण पक्षले दोस्रो सिजनलाई ‘डार्क साइड’ को नाम दिएका छन् । प्रकाश झा द्धारा निर्मित र निर्देशित यस श्रृंखलामा बाबीको साथमा अदिति पोहनकर, चन्दन राय सान्याल, दर्शन कुमार आदी कलाकारहरु प्रमुख भुमिकामा हुनेछन् ।