कोरोनाले लियो ‘क्यानन एण्ड बल’का स्टार बबीको ज्यान

टिभी कार्यक्रमका कलाकार जोडी स्टार क्यानन एण्ड बलका बबी बलको कोरोना संक्रमणबाट निधन भएको छ । ७६ वर्षको उमेरमा कोभिड–१९ को संक्रमणपछि निधन भएको हो । उनको कोरोनाका कारण मृत्यु भएको खबर उनका व्यवस्थापकले पुष्टि गरेका हुन्।

एकसाता अघि कोरोना संक्रणमा परेका बलको स्वास प्रस्वासमा समस्या देखिएको थियो । उनको स्वास्थ्यमा समस्या भएपछि ब्ल्याकपुल भिक्टोरिया अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको त्यहाँ उपचार गर्दा गर्दै निधन भएको हो । जारी गरिएको विज्ञप्तीमा लेखिएको छ ः हामीलाई लागेको थियो, छातीमा समस्या देखियो। तर, उनलाई कोभिड(१९ को संक्रमण रहेछ।

बलले नट गोइङ आउट, लास्ट समर वाइन, बेनिड्रोम, हार्टबिट लगायत हाँस्य कार्यक्रममा पनि काम गरेका छन्। आफ्नो सहकर्मीको मृत्युबारे क्याननले भने,’रक मेरो अनन्य मित्र म यो खबरमा विश्वास नै गर्न सक्दिनँ। मेरो मन टुक्रिएको छ।’