निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण पुष्टि

निर्देशक ,निर्माता तथा कलाकार अशोक शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा गराएको पिसिआर टेष्टमा शर्मामा कोरोना भाइरस पुष्टि भएको हो । शर्माले शुक्रबार सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहन समेत अनुरोध गरेका छन् ।

‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ’ शर्माले फेसबुकमा अगाडि लेखेका छन् ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’