आमिरखान बिरुद्ध प्रहरीमा उजुरी दर्ता

बलिउड अभिनेता आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’ सुटिङमा माक्स नलगाएको भन्दै प्रहरीमा उजुरी परेको छ । गत बुधबार सुटिङका लागि गाजियाबाद पुगेका आमिरलाई माक्स नलगाएको आरोपमा उजुरी परेको हो । लोनीका एक विधायकले लकडाउनको नियम उलङ्घन गरेको भन्दै आमिरबिरुद्ध उजुरी दर्ता गरेका भारतिय मिडियाले जनाएका छन् ।

विधायक नन्दकिशोर गुर्जरले प्रहरीमा आमिरबिरुद्ध लकडाउन नियम उलङ्घन गरेको भन्दै उजुरी दर्ता गराएका छन् । उजुरीमा लेखिएको छ,‘आमिर खान आफ्नो टिमको साथ लोनी आएका थिए । यो क्रममा उनले मास्क लगाएको थिएनन् । धेरै भिडभाडमा उनले सामाजिक दुरीको पनि पालन गरेनन् ।’  फिल्म ‘लाल सिंह चड्ढा’लाई अद्धेत चन्दनले निर्देशन गरिरहेका छन् । फिल्ममा आमिर खानको अलवा करिना कपुरको पनि मुख्य भुमिका रहेको छ ।