‘हिरोपन्ती२’मा टाइगरको जोडी बन्दै तारा

फिल्म ‘हिरोपन्ती२’मा अभिनेत्री तारा सुतारिया अनुबन्धित भएकी छन् । यस फिल्ममा टाइगर श्राफसँग जोडी बाँधिएको हो । टाइगर र तारा यसअघि यी दुई फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ मा देखिएका थिए । एक साथ फेरि काम गर्न पाउँदा खुसी लागेको तारा र टाइगरले बताएका छन् ।

ताराले आफ्नो आधिकारिक इन्स्टाग्राममा लेखेकी छन्, ‘आफ्नो फेभरेटसँग रियूनाइट । मलाई विश्वास गर्नुभएकोमा साजिद सरलाई धन्यवाद । ‘हिरोपन्ती २’ मा म काम गर्न जाँदैछु । मेरो जन्मदिनको महिनामा योभन्दा राम्रो सुरुवात अरु हुनै सक्दैन ।’