नयाँ फिल्मको तयारीमा केकी

अभिनेत्री केकी अधिकारी नयाँ फिल्मको तयारीमा लागेकी छन् । नयाँ फिल्मको अहिले वर्कशप चलिरहेको केकीले जानकारी दिएकी छन् । उनले बनाउन लागेको फिल्मको नाम बाहिर दिएकी छैनन् ।

फिल्मको नाम विना नै अहिले वर्कसप भइरहेको भने जानकारी दिएकी छन् । फिल्मका लागि कलाकारको विषयमा पनि उनले केहि बताएकी छैनन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’पछि उनको लगानीमा बन्न लागेको यो दोस्रो फिल्म हो ।

नयाँ फिल्ममा कोहलपुर एक्स्प्रेसका निर्देशक नदोहोरिने भएका छन् । केकीले ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी अव बन्ने फिल्ममा नदोहोरिने भन्दै निर्देशकको नाम बताएकी छैनन् । यता विशाल भने ‘कमेडी याम्पियन्स २’को तयारी रहेका छन् । फागुनबाट सुरु गरिने फिल्मका लागि वर्कसप सुरु भएको एक महिना भइसकेको छ भने अझै २ महिना लाग्ने केकीको भनाईछ ।