मनोज पण्डितको ‘सिनेमा मन्थन’ सार्वजनिक

फिल्म निर्देशक मनोज पण्डितले लकडाउनको सदुपयोग गर्दै फिल्म सम्बन्धिको पुस्तक बजारमा ल्याएका छन् । मनोजद्धारा लिखित पुस्तक ‘सिनेमा मन्थन’ मंगलबारबाट बजारमा आएको हो । लकडाउनको समयमा उनले फिल्मको बारेमा पुस्तक तयार पारेका थिए ।

आफुले सार्वजनिक यो किताब कुनै पनि कला सिर्जनाका लागि ‘ब्लु प्रिन्ट’को रुपमा काम गर्ने दाबी मनोज पण्डितको छ । मनोजको सार्वजनिक पुस्तकमा दर्शकको चेतना अनुसारको फिल्म निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

फिल्मको संख्या मात्रै बढेको तर दर्शक अनुसारको फिल्म नबन्नुको कारण ‘सिनेमा मन्थन’मा समावेश गरिएको बताए ।  उनले विदेशी चलचित्र र नेपाली चलचित्र हेर्दा मान्छेलाई सबैभन्दा ठूलो खतरा मान्छेबाटै रहेछ भन्ने लागेको बताउँछन् । पुस्तकलाई इन्डिगो इंकले प्रकाशन गरेको हो ।