दसैँ–तिहारमा पनि फिल्म हलमा ताल्चा

सरकारले सबै क्षेत्र खोल्न दिएपनि फिल हल खोल्न अनुमति दिएको छैन । आठ महिना देखि ठप्प रहेका फिल्महल सरकारले खोल्न अनुमति नदिदा यस वर्षको दसैँ तिहार त्यतिकै खेर गएको छ । फिल्महलवालाले कमाउने भनेका दसै तिहार र चाडपर्वमा नै हो । चाडपर्वमा पनि फिल्महल खोल्न सरकारले आनाकानी गरेपछि हलवाला सेकिनु बाहेक केहि उपाय छैन ।

फिल्म हलमा माकुराले जालो लगाएर कति सन्तान उत्पादन गरिसके होलान तर सरकार हल खोल्न दिने पक्षमा सकरात्मक देखिएको छैन ।
फिल्म हल सञ्चालनको अनुमतिदिनका लागि केहि दिन अगाडी निर्माता संघले सरकारसँग माग गरेको थियो । चलचित्र विकासबोर्डले एक महिनाअघि देखि नै फिल्म हल खोल्न दिन सरकारसँग पटक पटक आग्रह गरिरहेको छ । विकास बोर्डमा अध्यक्ष दयाराम दाहालले भने, ‘हामीले फिल्म हल खोल्न सचिव ,लगायत सबैसामु कुरा राखेका छौँ । नयाँ मन्त्री आउनुभएकोले केहि दिनमा सकरात्मक कुरा आउला भन्नेमा आफु ढुक्क रहेको छु ।’

फिल्मकर्मीको मर्म बुझ्न भन्दै अस्तिको दिन सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ चलचित्र विकास बोर्ड पुगेका थिए । बोर्डमा पुगेका मन्त्रीले फिल्मको बारेमा बोर्डका अध्यक्ष सहित सदस्यहरुले फिल्म क्षेत्र दयनिय अवस्थामा पुगेको बताएका थिए । बोर्डको कुरा सुनेका मन्त्रीले छिट्टै फिल्म हल खोल्ने र फिल्म क्षेत्रलाई चलायमान बनाउने आश्वासन दिएर फर्किए । सरकारले यसै साता खेलकुद क्षेत्रको बन्देज सबै हटाएको छ । खेलकुद क्षेत्र पनि चयानमान बनिसकेका अवस्थामा फिल्म क्षेत्रलाई सुचारु गर्न सरकारलाई केलेृ छेक्यो ।

अरु बेला दसैँ–तिहारको सार्वजनिक आफ्नो फिल्म हलमा लगाउन फिल्मका निर्माता तथा निर्देशकहरूबीच हानाथाप हुन्छ । दसैं तिहारमा दुइ चारवटा फिल्म जुधेर दर्शक कुन फिल्म हर्ने भन्नेमा अन्यालता छाउने गरेको थियो । फिल्म हलमा लगाउन हानाथाप गर्ने कति निर्माता तथा निर्देशकहरूबीच सम्बन्ध पानी बाराबार नै हुने गरेको थियो तर यस पटक भने हल बन्द हुन रिलिजका तयारीमा रहेका फिल्मका निर्माता तथा निर्देशक चुपचाप नै बसिरहेका छन् ।

हल कुरेर बसेका फिल्ममा सन्तोष सेनको ‘प्रेम गीत ३’ , शिवहरि पौडेलको ‘लक्का जवान’, खगेन्द्र लामिछाने ‘पानी फोटो, लगायत दर्जनौ फिल्महरु दसैं तिहार पछि फिल्म चलाउने सोचमा रहेका थिए । गत वर्ष नै फिल्मको डेट दसैंमा बनाएकाहरुको फिल्म निर्माण सकिएको छैन ।