कलाकारहरुको भाइटिका २०७७ सालको यस्तो रह्यो (तस्विर फिचर सहित)

आज तिहारको अन्तिम दिन भाइटिकामा कलाकारहरुले दाजुभाई दिदीबहिनीबीच टीका ग्रहण गरेर खुसी साटासाट गरिरहेका छन् । नेपाली फिल्मका चर्चित कलाकारहरुले आफ्ना दाजुभाई तथा दिदीबहिनीसँग टिका लगाएर खुशी साटेको तस्विर सामाजिक सञ्जालमार्फत राखेका छन् ।

अभिनेता भुवन केसीले दिदी बैनीसँग भाइटिका लगाएको तस्विर सामाजिक सञ्जालमा राखेका छन् ।  त्यस्तै अनमोल केसी पनि दिदीबैनीसँग टीका लगाएपछि निकै खुसी मुन्द्रामा तस्विर खिचाएका छन् ।

हास्यकलाकार हरिवंश आचार्यले पनि दुइ दिदी बैनीसँग भाइटिका लगाएको तस्विर सामाजिक सञ्जालमा राख्दै कोरोना कहरले रमाइलो गर्न नपाएको भन्दै कोरोनालाई भ्याक्सिन आएपछि तह लगाउने व्यङ्ग्य गर्दै तस्विर पोष्ट्याएका छन् ।

निर्माता तथा कलाकार दीपक राजगिरीले पनि दिदीवैनीबाट भाइटिका ग्रहण गरेका छन् । उनले टिका लगाइसकेपछि दुइदिदीबैनीसँग सेल्फिी खिचेका छन् ।

आँचल शर्माले दुइदाजुभाईका साथ टिका लगाएको तस्विर सार्वजनिक गरेकी छन् । दुइजना दाजभाईले चुम्मा गर्दै गरेको तस्विरमा देख्न सकिन्छ ।  अभिनेत्री केकी अधिकारीले भाइसँग टीका लगाएको तस्विर सेयर गरेकी छन् ।

कलाकार सिताराम कट्टेल , कुमार कट्टेल संगीतकार बसन्त सापकोटा ,निर्देशक दीपाश्री निरौला,पल शाह, संगीतकार टंक बुढाथोकी पनि भाइटिकालाई उल्लासपूर्ण रुपमा मनाएका छन् ।कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा’ले पनि एक बहिनीसँग भाइटिका लगाएका छन् । उनले सार्वजनिक गरेको तस्विरमा भाइटिका पछि दुवैजनाले सेफ्फी लिएका छन् ।