लकडाउनले दिएको सर्ट फिल्मको बाटोमा नेत्र गुरुङ

पोखरामा बसेर नेपाली गीतसंगीतका अलवा छोटोफिल्म निर्माण गर्दै आएका छन् , नेत्र गुरुङ । उनको ‘माया बस्यो मुटुमा’ ,‘म तिम्रै हुँ माया’ बोलको गीत सर्वाधिक चर्चामा रहेको थियो । जुन युवापुस्ताले एकदमै रुचाएको गीत थियो ।

त्यस्तै लकडाउनको समयमा उनले ‘फर्क गाउँघर’ बोलको गीत बजारमा लिएर आएका थिए । जुन दर्शक तथा स्रोताले एकदमै मन पराइएको गीत छ । सय भन्दा बढि गीत स्रोता दर्शकमाझ ल्याइसकेका नेत्र गुरुङसँग मेरोफिल्मले गरेको छोटो कुराकानी :-

के छ हाल खबर ? सन्चै हुनुहुन्छ ?

ठिकै छ । एउटा गीत रेकर्डिङ स्टुडियोमा आएको छु । एउटा गीत कम्पोज गरेको थिए । त्यसैको रेकर्डको लागि स्टुडियोमा आएको छु ।

भनेपछि गीत संगीतकै दौडाउनमा हुनुहुन्छ ?

हजुर, अहिले त्यसै भन्नु पर्ला । गीतहरु कम्पोज, गीत गाउने , र त्यहि अनुसारको रेकर्ड पनि भइराछ ।

अहिलेसम्म तपाईले कतिवटा गीत गाउने र संगीत भर्ने काम गरिसक्नुभयो ?

मैले गीत गाएको र कम्पोज गरेको सय भन्दा बढि नै भयो । थुप्रै गीतहरु अहिले पनि चर्चामा नै रहेका छन् । लकडाउनको समयमा ‘फर्क गाउँघर’ बोलको गीत स्रोता तथा दर्शकमाझ ल्याएको थिए । जुन अहिले धेरैले मन पराइदिनुभएको छ । राम्रो प्रतिक्रियाहरु पनि आइरहेको छ ।

तपाई गीत संगीतको अलवा अन्य केहि गर्नुहुन्छ कि ?

म छोटो फिल्महरु पनि निर्माण गर्छु । कथा लेख्ने ,निर्देशन गर्ने काम पनि गर्छु । लकडाउनको समयमा निकै वटा छोटो फिल्महरु निर्माण गरेको थिए । जसले मलाई नेत्र गुरुङ गीतसंगीतमा मात्र होइन , फिल्म निर्देशन पनि गर्न जान्दछ है भन्ने बनाएको छ।

गीतसंगीतमा ब्यस्त हुँदा हुँदै छोटो फिल्ममा चाही कसरी आउनुभयो ?

म पोखरा सोसाइटी टिममा आवद्ध रहेको छु । फिल्ममा त म पहिलादेखि नै कार्यरत रहेको थिए । देशभर लागेको लकडाउनको समयमा छोटो फिल्मका लागि वर्कसप गरिएको थियो । वर्कसपमा निकै जना सहभागी भएपछि केहि काम गरौँन भन्ने भयो । यो समयमा कतै केहि काम पनि थिएन ।
मलाई पनि छोटो फिल्म बनाउन भन्ने मनमा निकै अगाडी देखि लागिरहेको थियो । समय मिलिरहेको पनि थिएन र कथा पनि मसँग थिएन । लकडाउनको सममा चाही कथा पनि मिल्यो समय पनि मिल्यो । यस कारण छोटो फिल्म निर्माणमा अग्रसर भइयो र निर्माण गरियो ।

अरु बेला नि कथा त थियो होला नि हैन र ?

यस्तो बेलामा कथा खोज्ने मौका मिल्दो रहेछ । सबैजना भेला भएपछि छलफल भएपछि न केहि केहि नयाँ कुरा बाहिर आउँछ । हाम्रो टिमले लकडाउनको समयमा घरबेटीले वहालमा बसेकालाई गर्ने व्यवहार देख्यौ । यसैलाई सेरोफेरो बनाएर छोटो फिल्म निर्माण गरेर युटुवमा अपलोड गयौँ । दर्शकले खोजिरहेको कथा भेटेरे होला राम्रै मन पराइदिनुभयो । सबैतिरबाट प्रतिक्रियाहरु पनि राम्रै पाइयो । लकडाउनको समयमा अर्को कुरा के पनि भयो भने यस्तो सममा समाजको आवाज बन्नुपर्छ भन्ने हामीलाई लाग्यो । त्यहि अनुसार पनि छोटो फिल्म निर्माणमा लागियो ।

कोरोना भाइरसको चौतफी संक्रमण फैलिरहेको बेला छोटोफिल्म निर्माण गर्दा जोखिम जस्तो लागेन ?

जोखिम त यसै पनि जोखिम त थियो । तर , सावधानिक रुपमा आफुहरु अपनाउँदै काम गरियो । हामीले गरिव दुखीको मर्का बोल्ने काम गर्यो भने, कतिको आवाज बाहिर आउन सकेको थिएन । उहाँहरुको मनभित्रको कुन्ठा बाहिर ल्याइदिने काम गयौँ । यसरी अरुको आवाज बन्दा जोखिम भन्दा पनि आनन्द मिल्दो रहेछ । दर्शकको प्रतिक्रिया सकरामत्क पाउँदा हामीले कुनै जोखिमको अनुभुति नै गरेनौँ ।

सुटिक कता गर्नुभयो ?

हामीले पोखरा आसपासमा नै गर्यो । लकडाउनल गर्दा चारैतिर बन्द थियो । लकडाउनको कारण टाढा टाढा सुटिङमा जाने कुरा नभएपछि पोखराको लेकसाइट नै थियो हाम्रो लोकेसन ।

छोटो फिल्मको प्रभाव निकै पर्यो भन्नु पर्यो हैन ?

अवश्य पनि । हामीले छोटो फिल्ममा लकडाउनमा परेका धेरै पिडितहरुको आवाज बोलेका थियौँ । उहाँहरुको आवाज हामीले छोटो फिल्ममार्फत दिदा राहत पाएको खबर पाएका छौँ । कतिले भेटेर नै धन्यबाद दिनुभएको छ । यो भन्दा खुसीको कुरा अरु के होला र हैन ।
छोटो फिल्मको प्रभाव त पर्यो , धेरै दर्शकले मन पनि पराइदिनुभयो ? अब ,ठुदो पर्दाको फिल्म निर्माण गर्ने सोच आएको छैन ?
हरेक मान्छेलाई सिढीँ चढ्न मन लागिहाल्छ । त्यसरी नै मलाई पनि एक सिँढी चढ्ने रहर पलाएको छ । निकट भविष्यमा निर्माण गर्ने सोचमा छु ।