माइतीमै रमाएकी आँचल


बिहे भएको १० महिना हुन आट्यो अभिनेत्री आँचल शर्माको । घर र माइती नजिकै छ । यसैले उनलाई माइती जान गाह्रो छैन । आँचलले लकडाउनको समय भोगिन् बिहेपछि । बिहेपछि भएको लकडाउनले आँचल हनिमुन जान पाएकी पनि होइनन् । श्रीमान् उदिप श्रेष्ठसँगको साथ पनि आँचललाई प्यारो छ ।

आँचल तिहारमा माइतीघर गएकी छिन् । माइतीघर टिका लगाएको फोटो राखेकी थिइन् आँचलले फेसबुकमा ।

आँचललाई माइतीको घाम पनि प्यारो लाग्न थालेको छ । पहिले बिहे अघि सोही घामले पोल्थ्यो होला, अहिले प्यारो । आँचलले गरेको कुरा भनेर भन्दा भयो यो ।

आँचल शर्मा माइतीमै रमाउन थालिन् । कहिले फेरि उनी माइत आएपछि घर जान मन लागिहाल्छ भन्छिन् । अब माइतीको घाम प्यारो । आँचललाई घर गएपछि माइतीको घाम संझिएर गाह्रो पर्छ क्या ।