राजेश र करिश्माको जोडी


अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको जोडी हिट कुनै बेला । फिल्म पनि हिट जोडी पनि हिट । समय बदलियो, फिल्म खेलेनन् दुइले । अहिले पनि खेलेका छैनन् । छायांकन गर्दा राजेश र करिश्मा बोल्दैनन् पनि भन्छन् ।

राजेश र करिश्माको फिल्म आए के होला भनेर पनि भन्छन् दर्शक । के होला आएपछि भन्न सकिएला । आउने कहिले हो पनि थाहा छैन । म्युजिक भिडियो आइरहेको छ बेला बेलामा । १ हप्ता अघि पनि आएको छ एउटा भिडियो, यादका लहरहरु । यो भिडियोलाई १ हप्तामा १ लाख ३२ हजारले हेरेका छन् । चर्चा भएन भनौ गीतको खासै । किन यस्तो भयो यो जोडीको ।

करिश्मा र राजेशको केमेष्ट्री म्यूजिक भिडियोमा रमाउन भन्दा फिल्ममै आउने होला कि । दर्शक प्रतिक्षा त गर्छन् तर ठूलो पर्दामा ।

साथी, बसन्तीको क्रेज फर्केला त फेरि ? भन्न सकिन्न । तर, फिल्ममै आएर फेरि जादु देखाउने कि ?