फिल्म हल खोल्न अटेरी बन्यो सरकार : हुन्छ भन्दै अल्झाउँदै

फिल्म क्षेत्र अहिले पनि सुनसान नै छ । करोडौ लगानीमा फिल्मका हल तथा निर्माण गरेर बनाइएका हलहरु बन्द भएको महिनौ भइसक्यो तर सरकारले कोरोना सर्ने ठाउँ भन्दै सुचरु गर्न अनुमति दिएको छैन । भिडभाड हुने ठाउँ यातायात बजार लगायत क्षेत्र खुलेता पनि फिल्म हल ,पाटी प्यालेस लगायत क्षेत्र अहिले पनि बन्द नै रहेको छ । आठ महिना देखिको मार अहिले पनि फिल्मकर्मीले भोगिरहेका छन् ।

फिल्म निर्माण गरेर प्रदर्शनको तयारीमा कुरेका निर्माताहरु फिल्म कहिले रिलिज गर्ने र फिल्म बनाउँदा लागेको रिन तिर्ने भन्नेमा बसिरहेका छन् भने हलवाला पनि त्यस्तै छ । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्छन्,‘ फिल्म क्षेत्र खोल्न अनुरोध गर्दै सुचना मन्त्रालय , गृहमन्त्रालय दौडिदा दौडिदै हैरान भइसकियो । सरकारका मान्छेहरु भेटघाटका क्रममा सकरात्मक देखिनुहुन्छ तर फिल्म क्षेत्र कहिलेबाट सुचारु गर्ने दिने भन्ने कुरा यकिन गरि दिनुहुन्न । छठपछि हामी केहि निष्कर्णमा पुग्छौँ ।’

दुइ दिन अघि फिल्म वितरक तथा निर्माता करण श्रेष्ठ क्रेजीले अनामनगरमा सांकेतिक रुपमा फिल्म सञ्चालन गर्न माग गरेका थिए । उनले सबै क्षेत्र खुल्यो अव फिल्म क्षेत्र कहिले खुल्छ सरकार , हाम्रो पनि मजदुर छन्’ भन्ने प्लेटकार्ड बोकेर उभिएका थिए । उनले एक्लै यस्तो प्रक्रिया अपनाएर फिल्म प्रदर्शनको माग गरेका छन् । उनले भने,‘सरकारले हाीलर्या ढाट्ने काम मात्रै गर्यो । सबै भन्दा जोखिम हुने ठाउँ यातायात लगायत सबै खुल्यो तर फिल्म क्षेत्रमा मात्र कोरोना छिर्छ भनेर प्रदर्शनमा सरकारले रोक लगाएको छ, यस्तो पनि कहिँ हुन्छ ।’
फिल्म हलमा सिट टाढा टाढा हुने हुँदा यातायातको भन्दा कोरोनाको जोखिम कम हुने उनको भनाई छ ।

यता नेपाल चलचित्र कलाकार संघका अध्यक्षले अहिले केहि भन्न नसक्ने अवस्था आएको बताएका छन् । फिल्म क्षेत्र कहिले खुल्छ भनेर भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ । दसैं तिहारमा हल खुल्छ भन्ने आसमा रहेका थियौँ तर सरकारले छठ जाँन लाग्दा पनि फिल्म क्षेत्रलाई सुचारु गर्न अनुमति दिएन । फिल्म हल चलाउन सरकारसँग पटक पटक छलफल भएको बताउँदै सरकारले यस विषयमा वास्ता नगरेको बताएका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाले सरकारसँग सबै कुरा भनिसकेको बताएका छन् । उनले भने,‘ हामीले काम गर्न पाएका छैनौँ भन्दा केहि दिन अघि बोर्डमा नै आएका मन्त्रीज्यू सकरात्म देखिनुभएको थियो । उहाँले छिट्टै खोल्ने आश्वासन दिनुभएको छ । सायद खुल्छ होला ।’

यता गंगा हलमा मालिक मदनमान बज्रचार्य अहिले फिल्म हल खोलिहाले पनि दर्शक हलसम्म आउँछन् कि आउदैनन् भन्नेमा अन्योलता छाएको बताएका छन् । उनले भारतमा खुलेका हलको उदाहरण दिदै भने, ‘भारतमा फिल्म हल खुलेको महिना दिन भइसक्दा पनि दर्शक नआएको हल्ला बाहिर आएको छ । नेपालमा पनि त्यस्तै पो हुने हो की भन्ने डर लागेको छ । नेपालमा कोरोनाको खोप नआउन्जेल हल चल्ला कि नचल्ला भनेर दोधारमा रहेको छु।’