हलमा जस्तै रुचाइयो युटुबमा ‘प्रसाद’

फिल्म हलमा चलेका फिल्महरु पछिल्ला समयमा युटुवमा अपलोड हुन थालेका छन् । छठ पर्वको अवसर पारेर दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ पनि यूट्युबमा सार्वजनिक भएको छ ।

जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथामा निर्माण गरिएको फिल्मलाई दिनेश राउत निर्देशन गरेका हुन् । फिल्ममा बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका रहेको छ । हलमा दर्शकले मन पराइएको फिल्म ‘प्रसाद’लाई युटुबमा पनि मन पराएका छन् । विशेष गरिन बिपिनको अभिनयलाई दर्शकले राम्रो मानेका छन् ।

७ लाख भन्दा बढि भ्यूज कमाएको फिल्म युटुबको ५ औं ट्रेन्डिङमा रहेको छ । फिल्म ‘प्रसाद’ ले हलमा राम्रो कमाइ गरेको भन्दै निर्माण टिम अहिले प्रसाद २ निर्माण गर्ने तयारीमा रहेको छ । फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने जानकारी केहि समय अघि निर्माण पक्षले जानकारी दिइसकेको छ । नयाँ फिल्ममा पुरानै कलाकार दोहोरीने छन् भने फिल्मलाई सुभाष थापाले निर्माण गर्न लागेका हुन् । फिल्मको कथालाई सुशील पौडेलको छ ।