‘बारीको कर्कलो’ मा भेटिए प्रकाश सपुत र केकी अधिकारी

- मेराेफिल्म

निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ ‘बारीको कर्कलो’ मा । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ । राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ ।

अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको भिडियो राजिव समरको कोरियोग्राफी रहेको छ ।  अमेरिकमा बसेर गीतलेखनमा सक्रिय नाम हो विजय दर्पण । उनका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । योगशसँग विजयको यो दोस्रो सहकार्य हो । यसअघि यिनिहरुको सहकार्यमा ‘नक्कली साली’ सार्वजनिक भएको थियो ।

२०७७ मंसिर ५ गते १७:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *