निर्माता तथा कलाकार रम्भा ओली र उदय पुनको निधन

फिल्म निर्माता तथा कलाकार रम्भा ओलीको हृदयाघातका कारण निधन भएको छ । उनको आज नर्भिक हस्पीटलमा निधन हो । उनको आजै पशुपती, आर्यघाटमा अन्त्यस्टी गरिएको छ । निर्माता ओलीले बुबाआमा, सूर्य चन्द्र, वीर जस्ता फिल्म निर्माण गरेका छन् ।

निर्माता उदय पुनको पनि  निधन भएको छ । उनको निधन भएको निर्माता, प्रदर्शन प्रदीप कुमार उदयले जानकारी दिए । पछिल्लो समय फिल्म क्षेत्र बाहिर रहेका पुनले ‘पैसाको धम्की’, ‘सारङ्गी’लगायत फिल्म निर्माण गरेका थिए ।