फिल्मकर्मीको गुनासो : ‘प्राविधिक होटेल खोल्ने , कलाकार खेती गर्ने दिन आयो’

फिल्मकर्मी बेरोजगारी छन् । काम गर्न नपाएको पनि उनीहरुको आठ महिना वितिसकेको छ । तर , फिल्म क्षेत्र चलायमान हुन नसक्दा अहिले फिल्मका प्राविधिक तथा अन्य कलाकारहरु काम विहिन बनेका छन् । हलहरु बन्द गरेर फिल्म हलमा मालिक कर्मचारी र बिजुली बत्तीको पैसा तिरिरहेका छन् ।

यसैलाई लक्षित गर्दै फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठ आफ्नो फेसबुक अकाउन्टबाट स्टाटस लेखेका छन् ,‘ सम्बन्धित संस्थाहरूले चलचित्र प्रदर्शन गराउनेतिर पनि चासो दिनुप¥यो । मजदुरहरू पीडित भइसके । समस्याहरू हाम्रा पनि धेरै छन् ।’ उनको यो स्टाटसले फिल्म सम्बन्धित संस्थाहरुले फिल्म क्षेत्र चलाउन चासो नदिएको तर्क गरेको छ । फिल्मका मजदुरी मारमा परेको भन्ने गुनासो आइरहेको बेला उनले मजदुरहरु मारमा परेको भन्दै आवाज उठाएका छन् ।

उनको स्टाटसको समर्थन गर्दै फिल्म निर्देशन केपी पाठकले लेखेका छन् ,‘संस्थाहरूले चासो दिने त चुनावको बेला हो ।’ फिल्म क्षेत्र बन्द रहदा अहिले प्राविधिकहरु अन्यत्र जाने देखिएको छ । प्राविधिक संघले केहि समय अगाडी १५ सय भन्दा बढि फिल्मका प्राविधिक बेरोजगार भएको जनाएको थियो । फिल्म क्षेत्र पछिल्ला समय ठप्प हुँदा कलाकार तथा निर्देशन दीपक राज गिरी फार्महाउस खोल्न तर्फ लागेका छन् भने अन्य कलाकार के गर्ने भनेर भौतारिरहेका छन् ।