‘डिसेम्बर फल्स’ फिल्ममा आर्यन र सलोन

फिल्म ‘चच हुई’ पछि अभिनेता आर्यन सिग्देल अर्को फिल्ममा आबद्ध भएका छन् । उनी प्रविण झाको निर्देशनमा बन्न लागेको फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनयका लागि आबद्ध भएका हुन् ।

फिल्मका लागि अभिनेत्रीको खोजि भइरहेको छ । अभिनेत्रीको टुङ्गो लागेपछि मात्र फिल्म छायांकनमा जाने निर्माता लक्ष्मण रिजालले जानकारी दिए । फिल्ममा आर्र्यनका अलवा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

केदार भुषालको पटकथा तथा संवाद रहने फिल्ममा राम प्रसाद रिजालको प्रस्तुती तथा राज कुमार भट्ट निर्मता रहेका छन् । फिल्मलाई रवि नाइडुले खिच्नेछन् । अभिनेता आर्यन सिग्देलले ‘डिसेम्बर फल्स’ मा आफु भिन्न रुपमा प्रस्तुत हुन लागेको बताएका छन् । कार्यक्रममा बोल्दै स्क्रिप्टले आफुलाई छोएको कारण फिल्ममा काम गर्न लागेको बताए ।

अभिनेता सलोन बस्नेतसँग काम गर्न पाउँदा निकै हर्षित भएको पनि जानकारी दिए । यस फिल्मको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल उपस्थिति भएका थिए । उनले फिल्म छायांकनमा सरकारले नरोकेको पनि जानकारी दिएका छन् । फिल्म राम्रो बन्नेमा आफु विश्वस्त रहेको र चाँडै फिल्म क्षेत्र चलायमान हुने पनि बताए ।