कमेडियन भारती र उनका श्रीमान हर्ष पक्राउ, घरबाट गाँजा बरामद

कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई पक्राउ गरेको छ ।

भारतको नारकोटिक्स ब्यूरोले शनिबार भारतकी चर्चित अभिनेत्री भारती सिंह र उनका पति हर्षको घरमा छापा मारेको थियो । उनीहरुको घरबाट गाँजा बरामद भएको छ । ड्रग्सको सेवनको आरोपमा ब्यूरोले उनीहरु दुवैलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

भारतीय मिडियाका अनुसार गाँजा बरामद भएपछि भारतीलाई सोधपुछका लागि बोलाइएको छ । उनी प्रहरी कार्यालयमा पुगेकी छिन् ।

नारकोटिक्स ब्यूरोका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय मिडियामा भारतीय प्रहरीले अहिले गरिरहेको अनुसन्धानमा भारतीको नाम पनि चर्चामा आएको थियो ।

एक ड्रग्स तस्करसँग सोधपुछका क्रममा यी दुईले पनि ड्रग्स लिने गरेको खुलासा भएको बताइएको छ।

त्यसपछि पुलिसले उनीहरुको अंधेरी, लोखंडवाला र वर्सोवामा रहेको घरमा छापा मारेको थियो । उनीहरुको घरमा लागूऔषध भेटिएको बताइएको छ । उनको घरबाट केही ड्रग्स बरामद भएको पनि भारतीय मिडियामा जनाइएको छ । यसअघि बलिउड अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो ।

भारती सिंह भारतमा कयौँ टिभी कार्यक्रमहरुमा देखिन्छन् ।