आरोपबाट मुक्त हुने कि सुहाना ?


कलाकारलाइ गाह्रो छ है । के गर्ने के गर्ने । जे गरेनी सुख नभएको अवस्था । एउटै ब्यानरको फिल्म गर्दा गु्रप बनाएको आरोप । बाहिरतिर गरौ, फ्लप भयो भने असफल भएको आरोप । आरोप नै आरोपको तनाव । अभिनेत्री सुहाना थापालाई लाग्ने गरेको आरोप छ एउटा, घरकै फिल्म खेल्ने । अरु फिल्म नखेल्ने । खेलेकी छिन् २ वटा मात्र, लागिसक्यो आरोप ।

घरको ब्यानर भन्दा बाहिरको फिल्मबाट गएको अफरलाई स्विकार नगरेकाले पनि लागेको होला आरोप ।

सुहाना यो आरोपबाट मुक्त हुन आवश्यक देखियो । उनलाई आर्यन सिग्देल अभिनेताको मुख्य भूमिका रहेको फिल्म डिसेम्बर फल्सबाट गएको छ अफर । यो फिल्मको कथा मन पराएकी पनि छिन् उनले । तर, गर्ने नगर्ने फाइनल भएन ।
यो फिल्मको कथा मन परेको छ भने उनले गर्लिन् । गरिन् भने आरोपबाट मुक्त पनि भइन्छ ।

नयाँ निर्देशक, नयाँ टिमसँग काम गर्दा नयाँ कुरा सिकिएला । सुहानाले के गर्लिन् त खै ।