मिस युनिभर्स नेपाल २०२०को टप १४ मा पर्न भोट माग्दै सृष्टी आचार्य

एपमार्फत आवेदन दिएर प्रतिस्पर्धा मार्फत छानिएर आएका ५० प्रतिस्पर्धी मध्य पोखराकी सृष्टी आचार्य पनि एक हुन । उनले पनि एपमार्फत निवेदन दिएर अरु प्रतिस्पर्धिलाई उछिन्दै छानिएका ५०औ मध्य आफ्नो स्थान सुरक्षित राख्न सफल भएकी हुन ।

सृष्टी यस अघि पनि धेरै प्रतियोगिताहरुमा भाग लिइसकेकी छिन भने उनलाई यस किसिमका प्रतियोगीताहरुले सानै उमेर देखी आकर्षित गर्ने बताउँछिन ।

छानिएका ५० मध्य बाट अब केवल १४ जना को छनोट हुने छ जसमा सृष्टी छनोट हुने पक्का विश्वास राक्छिन । हालसम्म आफुले गरेको परीश्रम र विगतमा भाग लिएका कार्यक्रमहरुले थप उर्जा मिलेको उनले बताइन् ।

+२ पछी उनले पोखरामा आयोजना भएको ‘मिस डिभा पोखरा’ मा बेष्ट स्किन, बेष्ट फेसन आइकन र वेष्ट पर्फमेन्सको सवटाइटल जितेकी थिईन । सोही प्रतियोगीतामा उनि उत्कृष्ट पाँचमा परेकी थिइन । गण्डकी टेलिभिजनमा प्रस्तोता को रुपमा काम गरेपछी उनमा अझै आत्मबिश्वास बढेको थप्छिन् । त्यसैगरी सन २०१६ मा भएको अर्को प्रतिस्पर्धा “मिस गण्डकी” मा उनले दोस्रो रनरअप र बेस्ट कम्प्लेक्सन शिर्षक हात पारेकी छिन ।

उनि भन्छिन “यसै वर्ष स्नातक सकिएपछी मिस नेपालमा प्रतिष्पर्धा गर्ने तयारी गर्दै थिए, तर हिडन ट्रेजरले मिस युनिभर्स नेपाल गर्न पाउदैन भनेर थाहा पाएपछी मेरो मन खिन्न भयो” । कोरोनाले स्नाकोत्तरमा भर्ना हुन नपाएको बेला मिस युनिभर्स नेपाल हुन लागेको र ‘एप्स’ बाटनै प्रतिस्पर्धी छानिने भने पछी निकै उत्साहित हुँदै आफुले पनि भाग लिएको बताउँछिन उनी ।

शुरुमा पोखराबाट एक्ली प्रतिस्पर्धिको रुपमा प्रवेश भएपनी हालसम्म अन्य पोखरेली चेलीहरुको पनि सहभागीता भईसकेको छ ।

अब भने सृष्टी टप १४ मा पर्नलाई भोटको आवश्यक रहेको बताउछिन् । यसमा टप १४ को लागी जर्जहरुबाट ५०% र पब्लिक ५०% भोटबाट छनोट हुने जानकारी गराउछिन् ।

मिस युनिभर्स नेपाल २०२० को ताजको पुरस्कार राशी १० लाख रहको छ भने यस प्रतियोगितामा कद, तौल, भाषा आदि कुनै पनि आधारमा केहि प्रतिबन्ध छैन । साथ साथै पारलैंगिक सहभागीहरुका लागि समेत खुला रहेको आयोजकले जनाएका छन ।

भोट कसरी गर्ने ?

१) खल्ती एप प्रयोग गरेर : शुरुमा खल्ती एप डाउनलोड गरेर ‘Miss Universe Nepal’ मा जाने । त्यसपछी Srishti Acharya अथवा नम्बर 1007 खोजेर त्यसमा भोट गर्न सकिन्छ ।

२) गुगल प्ले स्टोर र एप स्टोरबाट ‘Miss Universe Nepal’ एप डाउनलोड गरेर भोट गर्न सकिन्छ । भोट गर्नको लागी क्रेडिट किनेर “सृष्टी आचार्य” को प्रोफाइलमा गएर भोट गर्न सकिन्छ ।

३) विदेशमा रहनु भएकाहरुले भने गुगल प्ले स्टोर र एप स्टोरबाट आफुलाई चाहिए जती क्रेडिट किनेर “सृष्टी आचार्य” लाई भोट गर्न सकिन्छ ।

यदि तपाईं उनलाई “मिस युनिभर्स नेपाल” अनुप्रयोग (App) मार्फत भोट (Vote) दिन चाहानुहुन्छ भने:

१) अनुप्रयोग (App) मा लगईन (Login) गर्नुहोस्
२) तपाईंको प्रोफाइल जाँच (check) गर्नुहोस्
३) क्रेडिट किन्नुहोस् (Buy credit)
४) एक क्रेडिट विकल्प छनौट गर्नुहोस्
५) तपाईंको भुक्तानी विधि छनौट गर्नुहोस्: खल्ती (Khalti), एप्पल भुक्तान (Apple pay) वा गुगल भुक्तान (Google pay)
६) प्रतियोगी प्रोफाइलमा जानुहोस्
७) भोट (Vote) बटनमा क्लिक गर्नुहोस्
८) विकल्प छनौट गर्नुहोस् र उनको “नाम – Srishti Acharya” सर्च गरेर भोट गर्नुहोस्।

यदि तपाईं उहाँलाई “खल्ती” अनुप्रयोग (App) मार्फत मतदान (Vote) गर्न चाहनुहुन्छ भने:

१) “Khalti” अनुप्रयोग (App) मा दर्ता गर्नुहोस्
२) ‘Booking’ सेक्सनमा तल स्क्रोल गर्नुहोस्
३) ‘Voting’ मा क्लिक गर्नुहोस्
४) ‘मिस युनिभर्स नेपाल २०२०’ ‘Miss Universe Nepal 2020’ छनौट गर्नुहोस्
५) स्क्रोल (Scroll) गर्नुहोस् जबसम्म तपाईं उहाँको नाम “Srishti Acharya” फेला पार्नुहुन्न वा उनको प्रतियोगी संख्या (Contestant Number “1007” को search button ma gayera खोजी गर्न सक्नुहुन्छ।
६) त्यसपछि आफूले जति सक्नुहुन्छ यति भोट (Vote) गर्न सक्नुहुन्छ।

विदेश मा रहनु भएका हरूले यसरी (Google pay) or (Apple pay) bata “Vote” गर्न सक्नुहुन्छ।

उनको १००७ प्रतियोगी संख्या रहेको छ ।