परिवारसँग सविन र वर्षा


प्रेम लुकाएर लुक्ने कुरा पनि भएन । लुक्न पनि हुन्न । लुकाएर के हुन्छ, प्रेम गरेसी । वर्षा सिवाकोटीलाई हेर्दा पनि भयो होला अब । उनी अमेरिका गएको एक महिना हुन लागेको छ । एक महिना हुँदा वर्षा प्रेमी सविन जंग थापासँग नै देखिएकी छिन् । गएपछि लुकेका फोटो देखिन थालेका छन् । सविन र वर्षा रोमान्टिक घुमघाम, बाइकमा घुमघाम गरिरहेका छन् ।

परिवारसँग पनि भेटघाट भएको छ उनीहरुको । वर्षाको वा सविनको परिवारसँग भएको हो भेटघाट खुलेको छैन । वर्षाले परिवारसँग समय बिताउँदै भनेर राखेको फोटोमा सविन पनि छन् ।

जे भएपनि कुरा परिवारसम्म पुगेको हो भनेर त वुझ्दा भयो । उनीहरु गहिरो प्रेममा छन् र प्रेमलाई नयाँ रुप दिने तयारीमा लागेका छन् भनेर वुझ्दा भयो त ।

सविन र वर्षाको प्रेम विचरण गर्दैछ खुल्ला आकाशमा । प्रेमले वर्षालाई फाइदा कि घाटा होला करिअरमा ।