विनिताको ‘लगनगाँठो’ सार्वजनिक भो

विनिता खनालले लेखेको गीत बिबाह सम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरिएको छ । एक कार्यक्रमको आयोजना गरि विनिताको लगनगाँठौलाई काठमाण्डौमा सार्वजनिक गरिएको हो । उक्त एल्बममा ‘आयो है आयो(मेहेन्दी गीत), धुतुरी धुतुरी बाजा बजाई(जन्ती गीत), दौरा सुरुवाल चिटिक्कै(रत्यौली गीत), विदाइ गर्न छोरी तिमिलाई (दुलही अन्माउने गीत) र छमछम पाउजु(रिसेप्सन गीत) गरि ५ वटा गीत समावेश गरिएको छ ।

कार्यक्रममा पाँचैै गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । विवाहका पाँच गीतमध्ये ‘मेहेन्दी’ गीत युटुबमा सार्वजनिक गरिएको छ । पाँचै वटा भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

यो एल्बममा किरण कँडेलको संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, धुतुरी धुतुरी बाजा बजाईमा मेलिना राई र श्रीवास्तव खरेल, दौरा सुरुवाल चिटिक्कैमा मिना निरौला, बिदाइ गर्न छोरी तिमीलाइमा बानिका प्रधान र छमछम पाउजुमा निकिता थापा र प्रताप दासको स्वर छ । पाँचवटै विवाहका गीतमा विजु पार्की र रेश्मा घिमिरे दुलहा र दुलहीको भूमिकामा छन् । भिडियोमा अभिषेक श्रेष्ठ, शर्मिला मल्ल, शिशिर राणा लगायतको अभिनय पनि हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहाल र उत्तम हुमागाँइको छायांकन, विकास दाहालको सम्पादन छ ।