सर्जकले अव घरमै बसि बसि रोयल्टी पाउने

नेप्सिन कम्पनीले ल्याएको नयाँ प्रविधीमार्फत सर्जकले घरमै बसेर पैसा कमाउन सक्ने भएका छन् । हालै बजारमा आएको यो एप्प मार्फत विश्वका ४० देशमा एकैसाथ प्रयोगमा ल्याउन लागिएको हो।

अव यो प्रविधीमा नेपाली गीतसंगीतका श्रष्टाहरुले आफ्नो श्रृजनालाई सिधै अमेजन, एप्पल म्यूजिक, स्पोटिफाई, डिजर, पन्डोरा जस्ता विश्वका डेढ सय भन्दा बढी ठूला म्यूजिक स्ट्रिमिङ र म्यूजिक स्टोरमा निःशुल्क विश्वव्यापी वितरण गर्न सक्ने बताइएको छ ।

बजारमा आएको नेप्सिने रेभुलुशन नाम दिइएको यो प्लेटफर्मको राइट्स म्यानेजमेन्ट फिचर प्रयोग गरेर फेसबुक, टिकटक, इन्स्टाग्राम र पब्जी जस्ता लाइभ गेम स्ट्रिमिङमा प्रयोग हुने आफ्नो श्रृजनाहरुबाट सर्जकले सिधै रोयल्टी पाउन सक्ने बताइएको छ । श्रष्टाहरुले आफ्नो श्रृजनाको अडियोबाट यो कमाई गर्न सक्ने बताइएको छ।
सर्जकले एजेन्ट्स कमिसनमार्फत बचत हुने २० देखि ३० प्रतिशत रोयल्टी पाउनेछन्। यसका लागि सिधै सर्जकले नै पाउने गरि सेटअप गरिएको छ।