युटुवमा फिल्म हेर्ने दर्शक बढे,४ फिल्म ट्रेन्डिङमा

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले फिल्म हल खोल्न अनुमति दिएको छैन । हलमा रिलिज भएका केहि फिल्म युटुवमा रिलिज भइरहेका छन् । एक महिना देखि यता आधा दर्जन फिल्म युटुवमा रिलिज भए ।  गत वर्ष फिल्म हलमा व्यवसायिक र समिक्षागत रुपमा सफल भएको फिल्म ‘प्रसाद’ चार दिन अघि युटुवबाट पनि सार्वजनिक गरिएको छ ।

फिल्म सार्वजनिक भएसँगै युटुवका दर्शकले फिल्मलाई मन पराइदिएका छन् । युटुवमा अपलोड हुनासाथ दर्शकको उल्लेखिय उपस्थित रहेको फिल्ममा रिलिज भएको २४ धन्टा नबित्दै सात लाख भन्दा बढि दर्शक बटुलिसकेको थियो । केहि दिन ट्रेन्डिङ ५ रहेको फिल्म प्रसाद अहिले ट्रेन्डिङ १ मा रहेको छ । फिल्म प्रसादमा अभिनेता बिपिन कार्कीको अभिनयलाई दर्शकले रुचाएका छन् । निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बिपिन कार्कीको मुख्य भुमिका रहेको फिल्ममा दिनेश राउतले निर्देशन गरेका छन् भने पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।

एकसाता अघि रिलिज भएको फिल्म ‘कुम्भ करण’ पनि युट्युवको ट्रेन्डिङ ६ मा रहेको छ । केहि दिनबाट नै फिल्मले युटुवको ट्रेन्डिङ ६ मा रहिरहेको फिल्म ‘कुम्भ करण’ले फिल्म हलमा भने दर्शक दर्शक तान्न सकेको थिएन। फिल्ममा भोलाराज सापकोटा , गौरव पहारी, निशा अधिकारी को मुख्य भुमिका रहेको छ। हलमा दर्शकले मन नपराइएको फिल्म युटुवमा रिलिज भए देखि दर्शक राम्रै बटुलिरहेको छ।
गत वर्ष हलमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ दुइ साता अघि युटुवमा रिलिज गरिएको थियो ।

उक्त फिल्मले लामै समय युटुवको ट्रेन्डिङ १ मै रह्यो। एक साता नै ट्रेन्डिङ १ मा रहेको फिल्म ‘ए मेरो हजुर ३’ अहिले युटुवको ट्रेन्डिङ ७ मा झरेको छ । फिल्ममा अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको छ । झरना थापाले निर्देशन गरेको फिल्मले हलमा पनि व्यवसायिकरुपमा सफल भएको थियो । फिल्म ‘साइली’ पनि युटुवम रिलिज भएको एक साता मात्रै भएको छ ।

फिल्म रिलिज भएको केहि दिन ‘साईली’ ट्रेन्डिङको दोस्रो नम्बरमा बसेको थियो । अहिले फिल्म युटुवको ट्रेन्डिङ ६ मा आइपुगेको छ । फिल्म ‘साइली’मा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्मलाई रामबावु गुरुङले निर्देशन गरेका हुन् ।