माया त यस्तो होस्


माया त कस्तो होस् । माया त यस्तो होस् भनेर आएको हो गीत । गीत सुन्नेलाई मायाको कुरा थाहा होला । माया कस्तो होस् भनेर अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठलाई सोधौ ।

उनीहरु लकडाउनको समयमा रमाएको देखियो । माया गरेको देखियो । तेल लगाएर कपाल कोरिदिदै गरिएको देखियो । माया देखाए सौगात र श्रृष्टीले ।

सौगात र श्रृष्टीको करिअर उत्कर्षमा छ । सौगातकै कारण श्रृष्टीलाई फाइदा । सौगातको फिल्ममा श्रृष्टी नछुट्ने । यस्तो पो माया ।

सौगातले खेलेका फिल्म श्रृष्टी पनि हुँदा दुबैलाई फाइदा । दुबैले राम्रो पारिश्रमिक पनि वुझेका छन् । लिभिङ टूगेदरमा छन् दुबैजना । बिहे गर्ने कुरा पनि हो । बेलायतसम्म परिवारसँग कुरा गर्न सौगात पुगेकै हुन् । तर, बिहे के ले रोकियो खै ।

बिहे नभएपनि उनीहरुको मायामा कमी आएको होइन । घरमा बस्दा होस् या घुम्न जाँदा, दुबैले माया देखाएका छन् । माया त यस्तो होस् ।