लोकेशन खोज्दै बुटवलमा बेनिशा र मुकुन

फिल्म ‘भाँडाकुटी’को टिम लोकेशन खोज्दै बुटवल पुगेको छ । जातीय विभेदको कथाका निर्माण हुन लागेको फिल्मको लोकशन हेर्नका अभिनेत्री बेनिषा हमाल,मुकुन भुषाल सहित निर्देशक किरण बिके बुटवल पुगेका हुन् ।

अभिनेत्री बेनिषाले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म ‘भाँडाकुटी’का लागि लोकेशन खोन्दै बुटवल आइपुगेको जानकारी दिएकी छन् । यहि माघ १५ गतेबाट छायांकन सुरु गर्ने भनिएको ‘भाँडा कुटी’को छायांकनका लागि अहिले निमौण टिम लोकेशन खोजिररहेको छ।