नाटक ‘बोक्सीको घर’माथि फिल्म बन्ने

२०७३ सालमा मञ्चनन गरिएको नाटक ‘बोक्सीको घर’माथि फिल्म बन्ने भएको छ। सुलक्षण भारतीले लेखेको यस नाटकलाई फिल्म निर्माण गरिने भएको हो। पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा ब्यस्त रहेका सुव्रतराज आचार्यको फिल्ममा  निर्देशन रहनेछ।

४ वर्ष अघि मण्डला थिएटरमा मञ्चन भएको यस नाटकमा रङ्गकर्मी सरीता गिरीले एकल अभिनय गरेकी थिइन् । नाटकलाई दर्शकले राम्रो मानेका थिए भने समिक्षकले पनि उत्कृष्ट ठहराएका थिए।

फिल्म बोक्सीको घर’ अभिनेत्री केकी अधिकारी र गौरव पहाडी मुख्य भुमिकामा देखिनेछन्। केकी अधिकारी फिल्मसले निर्माण गर्ने यो फिल्मका लागि अन्य कलाकारलाई अडिशन मार्फत छानिनेछ । फिल्मका लागि आगामी साता खुला अडिशन आह्वान गरिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन्। फिल्मको कार्यकारी निर्माताका रुपमा विशाल भण्डारी रहेका छन्।