अर्जुनको संगीतमा ‘तिमीलाई देखेपछि माया पलायो’

गायक निशान भट्टराईको आवाजमा रहेको ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीत सार्वजनिक गरिएको छ । संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीत ‘तिमीलाई देखेपछि माया पलायो’ भिडियो सहित डिभाईन म्यूजिकबाट सार्वजनिक गरिएको हो । गीतकार निलकण्ठ सुवेदीले शब्द रचना गरेको गीतलाई दर्शकले मन पराइदिएका छन्।

सार्वजनिक भएको गीतमा प्रेम जोडीको कथालाई देखाउन खोजिएको छ। युवायुवतीको भेटपछि हुने माया प्रेमका कुराहरु गीतमार्फत व्यक्त गर्न खोजिएको छ। शुरेष दर्पण पोखरेलको निर्देशनमा भनेको भिडियोको छायांकन अमेरिकाका बिभिन्न रमणिय स्थानहरुमा गरिएको छ। भिडियोमा अमेरिकामा नै बस्दै आएका भरत सुबेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन् । बिनोद अधिकारीद्धारा गरिएको छायांकनलाई भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् ।