प्रमोद खरेलको आवाजमा ‘दुनियाँलाई हसाई हसाई’

सुगम संगीतमा निकै सफल मानिएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘दुनियाँलाई हसाई हसाई’गीतको भिडियो सार्वजनिक भएको छ । जिवनमा आइपर्ने प्रेम र विछोडलाई गीतमा समेटिएको छ । आफनो मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ  ।
ज्ञान बहादुर गुरुङको शब्द तथा टेक नारायण चापागाईँको संगीत संयोजन गीतमा रहेको छ । मायालुले आफुलाई छोडि पराईको साथमा जादाँको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।  दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा छ  ।‘दुनियाँलाई हसाई हसाई’ गीतको भिडियोमा समिर खान , गरिमा शर्मा र मोक्तर खानको अभिनय रहेको छ ।