जेनिशाको कुरा मात्रै भयो


साम्राज्ञी राज्यलक्ष्मी शाह, स्वस्तिमा खड्कालाई हेर्ने बानी परेका दर्शकले जेनिशा केसीलाई संझिन्छन् भनेर भन्न सकिएला । पक्कै पनि नसकिएला भनेर भनौ । किनकी, जेनिशाको नाम फिल्ममै हुँदा नी सुनिएको कहाँ हो र भयंकर ।

जेनिशा बलिउडमा चम्किन्छु भनेर हिडेकी हुन् । बलिउडमा उनी चम्किने कुरा त के भयो भयो, उनी हराइन् । नेपाली फिल्मबाट पनि हराइन् । बलिउडमा पनि यस्तै हो ।

नेपालमा आएर संचारमाध्यममा अन्तरवार्ता दिदा त उनले बलिउडमा ठूलै नाम बनाएको जस्तो पनि लागेको होला । भनेर भएन, गर्न पर्यो के ।

जेनिशा दुबइमा गएर व्यापार पनि सुरु गरिन् । उनको जीवन चलिरहेको छ । कुनै बेलामा अभिनेता विराज भट्टसँग लभ थियो भनियो । विराजसँग फिल्म खेलेकी हुन् । विराज गएपछि उनी पनि हराएकी हुन् ।

अहिले त जेनिशाको नाम फिल्म क्षेत्रले विर्सियो होला । केही त गर्न पर्यो । फर्किएर आउने कि फेरि ।